धोनीले क्रिकेटको प्रशासकीय निकायबाट केन्द्रीय करारपत्र नपाउँदा….



भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीले भारतमा उक्त खेलको प्रशासकीय निकायबाट केन्द्रीय करारपत्र पाउन नसक्दा, उनले उक्त खेलको सबै संस्करणबाट अवकाश लिन सक्ने विषयमा अनुमानहरू भैरहेका छन्।

यसअघि उनीसँग खेलाडीहरूले पाउन सक्ने मध्ये सबैभन्दा उच्च तहको ‘ग्रेड ए’ भनिने करारपत्र थियो। धोनीले सन् २०१४ मा टेस्ट क्रिकेटबाट अवकाश लिएका थिए तर उनले थोरै अवधिको खेल प्रतियोगितामा भने भारतको प्रतिनिधित्व गर्दै सहभागिता जनाइरहेका थिए।

उनले तीनवटा महत्त्वपूर्ण प्रतिस्पर्धामा भारतलाई जीत दिलाएका थिए भने सन् २०१७ मा कप्तानको जिम्मेवारी छाडेका थिए। उनले सन् २००७ मा भएको वर्ल्ड २०२०, सन् २०११ मा भएको वर्ल्ड कप र सन् २०१३ को च्याम्पियन्स ट्रफीमा भारतलाई जीत दिलाएका थिए।

उनले पछिल्लोपटक सन् २०१९ को विश्वकप सेमिफाइनल प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गरेका थिए जुन खेलमा भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो।

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रव‌ि शास्त्रीले यसअघि यो वर्षको अन्त्यमा हुने टी ट्वेन्टी विश्वकपमा धोनीले भाग लिनसक्ने सम्भावना रहेको बताएका थिए।

तर त्यो उनको इण्डिएन प्रिमियर लिग ट्वेन्टीट्वेन्टी प्रतियोगिता हुने प्रदर्शनमा भरपर्ने उनले बताएका थिए। धोनीले पहिलोपटक सन् २००४ मा बांग्लादेशविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए। त्यसको एक वर्षपछि उनले श्रीलङ्काविरुद्ध भएको टेस्टम्याचमा खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।