सन् २०२३ को टी–२० विश्वकपमा ४ राष्ट्रलाई थप गर्दै



सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको हो ।
आइसीसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्‍याउने तयारी गरेको छ ।

अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । २० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएको छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ ।

यो योजना पारित भएमा नेपालजस्ता एसोसियट देशका लागि बढी फाइदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।