इरानकी एकमात्र ओलम्पिक पदक विजेता महिला खेलाडी किमियाद्वारा देश छाड्ने घोषणा



इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता खेलाडी किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमार्फत आफू इरानको पाखण्ड, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन् ।

उनले आफू पनि इरानमा सताइएका लाखौं इरानी महिलामध्ये एक भएको लेखेकी छन् । हाल उनी कहाँ छिन् भनेर उनले सो पोस्टमा कुनै जानकारी दिएकी छैनन् । तर इरानी संचारमाध्यमका अनुसार यतीबेला प्रशिक्षणका क्रममा उनी नेदरल्याण्डमा हुन सक्ने बताएका छन् ।

उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट काँस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन् । बुधबार युक्रेनी जहाजलाई इरानले भूलवश मिसाइल आक्रमणबाट खसालेको भन्दै क्षमा मागेको थियो । दुई दिनसम्म इरानले यसलाई अस्विकार गरेर लुकाएको विरोधमा इरानमा शनिबारबाट प्रदर्शन शुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय