६ जिल्ला क्वाटर फाइनलमा प्रवेश



सिन्धुपाल्चोक । सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगीता आइतबारको खेलबाट छ जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक, मकावनपुर, नुवाकोट, रामेछाप, चितवन र सिन्धुली जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका हुन् ।

आइतबार भएका लिग खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ को सोझो सेटमा हराएको थियो । उक्त खेलमा म्याद अफ दी म्याच सिन्धुपाल्चोकका सरोज थापा भएका थिए । त्यस्तै दोलखा र धादिङ बिच भएको खेलमा धादिङले २५–१९ र २५–१७ को सेटमा हराउँदै दोलखालाई घर फर्कन बाध्य बनाएको थियो । त्यस्तै चितवनले २५–१६ र २५–१५ को सेटमा काभ्रेलाई हराउँदै चितवन क्वाटर फाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा चितवनका सनोज चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख दुई हजार बीस रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैयाँ नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ