प्रदेश एक फुटबल एसोसिएसन गठनप्रति गणेश थापाको आपत्ति



अखिल नेपाल फुटबल सङ्घको Official web Site मा Province No1 Football Association गठन गरियो भन्ने समाचार हेरे। यस विज्ञप्ति मा यो तदर्थ समिति हो कि निर्वाचित समिति हो कुनै प्रष्ट गरिएको छैन। यस विषयमा एन्फा सँग केहि प्रश्नहरू राख्न चाहन्छु।
१ यो समिति विधानको कुन धाराले गठन गरिएको हो।
२ यो निर्वाचित समिति हो कि तदर्थ समिति हो।
३ यस्ता महत्वपुर्ण निर्णयहरु गर्दा एन्फा कार्यसमितिको निर्णय बिना नै गर्न सकिन्छ? यदि सकिन्छ भने विधानको कुन धाराले यो अधिकार दिएको छ।
४ यदि तदर्थ समिति हो भने एन्फाको कार्यसमितिले मात्र गठन गर्न सक्दछ। यदि निर्वाचित समिति हो भने निर्वाचनको कुनै प्रक्रिया भएको देखिँदैन।
५ कैयौं विधान विपरीत कार्यहरु हुँदापनि खेलकुदको सर्वोच्च निकाय खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्ले कतिन्जेल सम्म छुट दिई रहने हो। यसलाई मैले गम्भिरतापूर्वक हेरिरहेको छु। कुनै दिन सम्बन्धित निकायले यसको जवाफ दिनैपर्ने हुन्छ।
अन्तमा विधान अनुसार गठन नभएको समितिमा नबसी वैधानिक समिति बनाएर बस्नको निमित्त किसोर राइ लगायत सबै पदाधिकारीहरुलाइ अनुरोध गर्न चाहन्छु। प्रदेशको मात्र होइन कि केन्द्रीय नेतृत्व पनि लिन सक्ने व्यक्ति भएको हुँदा यस्ता अवैधानिक कार्यलाई सच्याउन तीर लाग्नु पर्दछ राम्रो काम गर्नुस् सदैव सहयोग रहने छ एन्फालाई।

गणेश थापा, पूर्वअध्यक्ष एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० शृंखला खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ

गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल