प्रिन्स दाहाल प्रेसिडेन्ट कप २०२० को फाइनल प्रवेश



काठमाडौं । काठमाडौंमा जारी खेलमा प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० को दुई विधामा फाइनल प्रवेश गरेका छन् । दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाईनल प्रवेश गरेका हुन् ।

प्रतियोगितामा दोश्रो वरियता प्राप्त तथा विश्व जुनियर वरियतामा १४ औं स्थानमा रहेका दाहाल सेमिफाइनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । अब प्रिन्सले उपाधीका लागि यस प्रतियोगिताका पहिलो वरियता तथा विश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसँग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलंकाका दुमिन्दु अब विक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका
थिए ।

दाहाल पुरुष युगलमा पनि फाइनल प्रवेश गर्न सफल भएका छन् । पेम्बा शेर्पासँग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जेबी साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको