मेलबर्न रेनेगेड्सलाई मेलबर्न स्टार्सद्वारा ७ विकेटले पराजित



अस्ट्रेलियामा जारी बिग व्यास लिग अन्तर्गत खेलमा मेलबर्न रेनेगेड्सलाई मेलबर्न स्टार्सले ७ विकेटले पराजित गरेको छ। आज रेनेगेड्सले दिएको १६८ रनको लक्ष्य स्टार्सले १८ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

मेलबर्नलाई जिताउन ग्लेन म्याक्सवेलले सर्वाधिक ८३ रन बनाए। त्यस्तै हिल्टन कार्टराइटले ३५ तथा निक लार्किनले ३३ रनको योगदान गरे।

यसअघि मेलबर्न (डकल्यान्डमा) मा भएको खेलमा स्टार्सले टस जितेर रेनेगेड्सलाई ब्याटिङको निम्ता दिएको थियो। रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो।

खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन्। मेलबर्न स्टार्समा आबद्ध लामिछानेले आज ४ ओभर बलिङ गर्दै ३९ रन दिएर २ विकेट लिएका हुन्।

रेनेगेड्सका लागि शाउन मार्सले सर्वाधिक ६३ रन बनाए। ४३ बलमा ६३ रन बनाएर क्रिजमा जमिरहेका मार्सलाई लामिछानेले पभेलियन फर्काउँदै टिमलाई राहत दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको