सन्तोष साहुखलको कीर्तिमानी १०० गोल



काठमाडौं । सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बुधबार दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा च्यासल युथ क्लबका फरवार्ड साहुखलले गोल गर्दैं नेपाली घरेलु लिगमा एक सय गोल पूरा गरेका हुन् ।

पुलिसविरुद्ध १८ मिनेटमा गोल गर्दै साहुखलले यो कीर्तिमान बनाएका हुन् । उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन् । यसअघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए ।

यो सिजनमा उनले पहिलो खेलमा संकटाविरुद्ध २ गोल गरे भने दोस्रो खेलमा मच्छिन्द्रविरुद्ध १ गोल गरे । उनकै गोलमा च्यासलले पहिलो खेलमा संकटामाथि २ ० गोलको जित र मछिन्द्रमाथि १ १ गोलको बराबरी खेलेको थियो ।

२०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन् । थ्रीस्टारबाट आफ्नो लिग यात्रा सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि

चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई