विश्व वरियतामा १४ औँ स्थानमा प्रिन्स, नेपालमा अहिलेसम्मकै उच्च



काठमाडौं ।   विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेको सार्वजनिक भएको छ । मंगलबार विश्व ब्याडमिन्टन महासङ्घले विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेको सार्वजनिक गरेका हुन् ।  दाहाल जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै १४ औँ स्थानमा पुगेको छ ।

प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो । यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए । प्रिन्सले अन्तरराष्ट्रिय प्रतियोगिता गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका थिए । उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट