राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ सहभागी टोलीको अन्तिम टुङ्गो



काठमाडौं । पुस २३ देखि २६ गतेसम्म नयाँ बसपार्क्स्थित ढोरपान स्पोर्टस क्लबको मैदानमा महिला भलिबल प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
तेस्रो न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । आइतबार सहभागी टोलीको अन्तिम टुङ्गो लगाएको हो ।

सञ्चालन हुने प्रतियोगितामा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स उच्चमावि पोखरा, पारामाउन्ट स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको विजेता टोलीले ४ लाख एक सय एक रुपैयाँ, उपविजेताले ३ लाख एक सय एक रुपैयाँ, तेस्रो हुनेले एक लाख ५१ हजार एक सय एक रुपैयाँ र चौंथो हुनेले ५१ हजार एक सय एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सवोर्तकृष्ट खेलाडीलाई २१ हजार एक सय एक रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय रुपैयाँ प्रदान गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

धनगढी । ‘लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको धनगढीमा

‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको

च्याम्पियन्स लिगमा एटलान्टाबिरुद्ध रियलको संघर्षपुर्ण जित

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा संर्घषपुर्ण जित