राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ सहभागी टोलीको अन्तिम टुङ्गो



काठमाडौं । पुस २३ देखि २६ गतेसम्म नयाँ बसपार्क्स्थित ढोरपान स्पोर्टस क्लबको मैदानमा महिला भलिबल प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
तेस्रो न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । आइतबार सहभागी टोलीको अन्तिम टुङ्गो लगाएको हो ।

सञ्चालन हुने प्रतियोगितामा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स उच्चमावि पोखरा, पारामाउन्ट स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको विजेता टोलीले ४ लाख एक सय एक रुपैयाँ, उपविजेताले ३ लाख एक सय एक रुपैयाँ, तेस्रो हुनेले एक लाख ५१ हजार एक सय एक रुपैयाँ र चौंथो हुनेले ५१ हजार एक सय एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सवोर्तकृष्ट खेलाडीलाई २१ हजार एक सय एक रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय रुपैयाँ प्रदान गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो हुँदा नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ

एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।