अफ्रिकी ब्याट्सम्यान हसिमले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने



काठमाडौं । अफ्रिकी ब्याट्सम्यान  हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । क्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका हुन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हसिम अमला आउने पक्का भएको बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्ने अर्को हप्तासम्म सार्वजनिक हुने उनले जानकारी दिए ।

हसिमले दक्षिण अफ्रिकाबाट १ सय २४ टेष्ट, १ सय ८१ ओडीआई र ४४ टि ट्वान्टी आई खेलेका छन् । २ सय १५ टेष्ट इनिङमा उनले २८ शतक र ४१ अर्ध शतक सहित कुल ९ हजार २ सय ८२ रन बनाएका छन् । जसमा ३ सय ११ अविजित उत्कृष्ट प्रर्दशन रहेको छ । हसिम अमला २ हजार, ३ हजार, ४ हजार, ५ हजार, ६ हजार र ७ हजार सर्वा्धिक छिटो ओडीआई रन बनाउने खेलाडी हुन् । उनले गत जुलाईमा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप देखि अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय