ए डिभिजन लिगका चौथो संस्करणका सबै खेल एन्फा मैदानमा



काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिगमा भोलि (सोमबार) देखि चौथो चरणका खेल सुरु भइरहेका छन् । चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको हो ।
तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल एन्फा मैदानमा हुनेछन् । एन्फाले कारण नखुलाएपनि नेपाल सरकारले भ्रमण बर्ष २०२० को उद्घाटन त्रिपरेश्वरस्थित दशरथ रंगशालामा गर्न लागेका कारण चौथो चरणका खेल सातदोबाटोमै गर्न लागिएको हो । चौथो चरणको पहिलो खेलमा न्यु रोड टिम एनआरटी र मछिन्द्र क्लबबीचको प्रतिस्पर्ध हुनेछ ।
६ अंकसहित मन्द्रि क्लब लिगको तेस्रो स्थानमा रहेको छ भने एनआरटी ४ अंकसहित छैठौं स्थानमा छ ।सोमबार दोस्रो खेलमा फ्रेन्डस क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्र्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ भने फ्रन््स क्बलले लिगको अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा रारा गोल्डकपः इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी

मौरिससविरुद्धको खेलमा आफूहरुका लागि नयाँ अनुभव : कप्तान लिम्बू

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

काठमाडौं । आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक

आर्मीलाई हराउँदै मनाङ आहा ! रारा गोल्डकपको फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी