आयशा शाक्य र आशिष बस्नेत सम्मानित



काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३१ ले आफ्नो वडाबासी साग खेलका पदक बिजेतालाई शुक्रबार सम्मान गरेको छ । सम्मानित हुनेमा दुई स्वर्णपदक बिजेता आयशा शाक्य र रजत पदक बिजेता आशिष बस्नेत छन् ।

शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ बर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासिल गरेकी थिइन् भने बस्नेतले ३ × ३ बास्केटबलमा रजत पदक प्राप्त गरेका थिए ।

कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बन्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त