लिभरपुल र म्यान्चेस्टर युनाईटेडको शानदार जित



इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाईटेडले शानदार जित निकालेका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले लेष्टर सिटीलाई ४–० ले पराजित गर्‍यो ।

लेष्टर सिटीकै मैदानमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले दुई तथा जेम्स मिल्नर र अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४–१ ले हरायो ।

आफ्नै मैदानमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्थोनी मार्टीयलले दुई तथा मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

प्रिमियर लिगकै खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले हराउँदा साउथह्याम्पटनले चेल्सीमाथि २–० को जित निकाल्यो ।

आर्सनललाई बर्नमाउथले १–१ गोलको बराबरीमा रोक्दा शेफिल्ड युनाईटेड र वाट्फोर्डले पनि १–१ गोलको बराबरीमै चित्त बुझाए । एभर्टनले बर्न्लेमाथि तथा एस्टन भिल्लाले नरिच सिटीमाथि १–० को जित निकाले ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको लेष्टर सिटी ३९ अंकसहित दोस्रो स्थानमा रहँदा १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट