एनआरटीको ए डिभिजन लिगमा पहिलो जित,च्यासल १० खेलाडीमा सिमीत



काठमाडौं – दशरथ रंगशालामा एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । दर्शन गुरुङ र विदेशी खेलाडी जुनियर अनगुइने निकेनगुवाको गोलमा न्यू रोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो । जीतसँगै एनआरटीले लिगको अंक तालिकामा स्पष्ट ३ अंक जोडेको छ । बुधबार च्यासल युथ क्लबलाई २(१ गोलले पराजित गर्दै एनआरटीले अंक तालिकामा खाता खोलेको हो ।

खेलको ७२ औं मिनेटमा एनआरटीका जोर्डन जेआरले च्यासलका सञ्जय राजबागलाई लडाएपछि दुई पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । एनआरटीले ३ खेलमा ४ अंक बनाउँदा पराजित च्यासलको पनि ४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।