कप्तान विराट कोहली सन् २०१९ को सबैभन्दा धेरै रन बनाउने खेलाडी



भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सन् २०१९ को सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । कप्तान विराटले सबै फर्म्याटका क्रिकेटमा २ हजार ४ सय ५५ रन बनाएका छन् । यो वर्षको अन्तिम खेलमा कोहलीले वेस्ट इन्डिजविरुद्ध आइतबार ८५ रनको पारी खेलेका थिए।
कोहलीले २६ एक दिवसीयमा १ हजार ३ सय ७७, ८ टेस्टमा ६ सय १२ र १० टी२० मा ४ सय ६६ रन बनाएका छन् । कोहलीलाई भारतकै रोहित शर्माले पछ्याएर दोस्रो भएका छन । शर्माले २८ एक दिवसीयमा १ हजार ४ सय ९०, ५ टेस्टमा ५ सय ५६ र १४ टी २० मा ३ सय ९६ रन बनाएका छन्।
सर्वा्धिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा पाकिस्तानका बाबर आजम २ हजार ८२, चौथो स्थानमा न्युजिल्यान्डका रस टेलर १ हजार ८ सय २० र इंग्ल्यान्डका जो रुट १ हजार ७ सय ९० रन बनाएर पाँचौँ स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप