एपीएफ महिला फुटबल फाइनलमा प्रवेश



काठमाण्डौ । एपीएफ क्लब प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
भद्रकालीस्थित एपीएफले पुसिललाई पाँच दुई गोलले आर्मीको मुख्यालयमा भएको खेलमा हरायो । निर्धा्रित ९० मिनेट दुई(दुई गोलको बराबरी भएको खेलको छिनोफानो अतिरिक्त समयमा भएको थियो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै रेखा पौडेल र अनिता बस्नेतले एक(एक गोल गरे । पुलिसका लागि निशा सुनार र घिमकुमारी गुरुङले एक एक गोल गरे ।
निर्धा्रित ९० मिनेटमा खेलका नजिता नआएपछि थप समयमा धकेलिएको थियो । जसमा १०७ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३(२ ले अगाडि राखिन् । दुई मिनेटपछि रेखाले गोल गर्दै एपीएफलाई खेलमा ४(२ को अग्रता दिलाइन् । ११५ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफले पाँच(दुईको जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवौं राष्ट्रिय खेलकुदका लागि महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय

काठमाडौं महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र