बुटवल ब्लास्टर्सद्वारा धनगढी ब्लुज ७ विकेटले पराजित



काठमाडौं ।पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई पराजित गरेको छ । सोमबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै बुटवल प्लेअपमा प्रवेश गरेको छ ।
१ सय ४१ रनको औषत लक्ष्य पछ्याएको बुटवलले अफ्ताव उद्दिन अहमेदको आक्रमक अर्धशतकको सहायतामा १६ दशमलव ४ ओभरमै लक्ष्य पुरा गर्‍यो । अहमेदले २३ बलमा १ चौका र ७ छक्काको सहायतामा ५२ रन बनाए ।

हर्स टोङ्कले ४० रन बनाउँदा शङ्कर राना २५ रनमा पभेलियन फर्किए । यो खेलमा धनगढी पराजित भएसँगै ४ खेलमा एउटा मात्र खेल जितेर अंकतालिकाको पुछारमा छ । समान ४ खेल खेलेको बुटवल ३ जित निकाल्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई