बुटवल ब्लास्टर्सद्वारा धनगढी ब्लुज ७ विकेटले पराजित



काठमाडौं ।पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई पराजित गरेको छ । सोमबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै बुटवल प्लेअपमा प्रवेश गरेको छ ।
१ सय ४१ रनको औषत लक्ष्य पछ्याएको बुटवलले अफ्ताव उद्दिन अहमेदको आक्रमक अर्धशतकको सहायतामा १६ दशमलव ४ ओभरमै लक्ष्य पुरा गर्‍यो । अहमेदले २३ बलमा १ चौका र ७ छक्काको सहायतामा ५२ रन बनाए ।

हर्स टोङ्कले ४० रन बनाउँदा शङ्कर राना २५ रनमा पभेलियन फर्किए । यो खेलमा धनगढी पराजित भएसँगै ४ खेलमा एउटा मात्र खेल जितेर अंकतालिकाको पुछारमा छ । समान ४ खेल खेलेको बुटवल ३ जित निकाल्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत बुधबार भएको पहिलो खेलमा

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार

साफ यु–१९ महिला टोलीको विदाई

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागी हुने

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट