चितवन राइनोजको लगातार चौथो जीत



पोखरा । पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले जीत निकालेको छ । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक÷एक विकेट लिनुभएको थियो । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौँ गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन