शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङको विजयी शुरुवात



काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुवात गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८औँ तथा ३४औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ । खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित

फरक भूमिकाबाट क्रिकेटमा जोडिन चाहन्छुः पारस खड्का

काठमाडौं । मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस

ओमानमा हुने ट्राइ सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपालले

६९ पदकका साथ टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा

जापानमा जारी टोकियो ओलम्पिक-२०२० को पदक तालिकाको शिर्षस्थानमा चीन यथावत रहेको छ ।