सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान



१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाइ समान गरेको छ । बुधबार खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको हो ।

महानगरपालिकाले स्थापनाको १०० औं वर्षको अवसर पारेर सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो । त्यसैगरी, रजत विजेतालाई ४० हजार र कास्य विजेतालाई ३० हजार प्रदान गरिएको छ । दुई स्वर्ण जितेका आयशा शाक्यले १ लाख पाएकी छिन् । दुई रजत र कास्य जित्ने खेलाडीलाई पनि सोही अनुसार नगद प्रदान गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चिरिबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरूलाई एसियन र ओलम्पिकबाट पदक जितेर आए अझ ठूलो रकमले सम्मान गर्ने बताए । सम्मान कार्यक्रममा महानगरभित्रको बासिन्दा रहेका २१ खेलाडी सम्मानित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका