पीपीएलमा काठमाडौं गोल्डेनको शानदार जित



पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलमा वारियर्सले शानदार जित निकालेको छ । बुधबारको सम्पन्न पहिलो खेलमा धनगढी ब्लुजमाथि काठमाडौं गोल्डेन वारियर्सले शानदार जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेको धनगढीले काठमाडौंले ५ विकेट गुमाएर दिएको १ सय ८६ रनको चुनौती भेटाउन नसक्दा पराजित भएको हो ।

धनगढीले निर्धा्रित १७ ओभरमध्ये अन्तिम ओभरमा अलआउट भयो । धनगढीले मात्र ७९ रन बनाउन सक्यो । काठमाडौंका लागि बसन्त रेग्मीले ३ विकेट लिए । पवन शराफ, सुवोत भाटीले समान २र२ विकेट लिए भने अमृत भट्टराई र सुशन भारीले समान १ र १ विकेट लिए ।

काठमाडौंको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गरेर काठमाडौंका लागि प्रतियोगितामा पहिलो जितको खाता खोल्न सफल बनें । जयकिसन कोल्सवालासँग मल्लले १ सय ३१ रनको साझेदारी गरे । मल्ललाई अन्तिम ओभरको तेस्रो बलमा धनगढीका कमलसिंह ऐरीले सन्दीप जोराको हात क्याचआउट गराएका थिए । बुधबारको दोस्रो खेल विराटनगर टाइटन्स र पोखरा पल्टनबीच हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको