पीपीएलमा काठमाडौं गोल्डेनको शानदार जित



पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलमा वारियर्सले शानदार जित निकालेको छ । बुधबारको सम्पन्न पहिलो खेलमा धनगढी ब्लुजमाथि काठमाडौं गोल्डेन वारियर्सले शानदार जित निकालेको हो । टस जितेर फिल्डिङ रोजेको धनगढीले काठमाडौंले ५ विकेट गुमाएर दिएको १ सय ८६ रनको चुनौती भेटाउन नसक्दा पराजित भएको हो ।

धनगढीले निर्धा्रित १७ ओभरमध्ये अन्तिम ओभरमा अलआउट भयो । धनगढीले मात्र ७९ रन बनाउन सक्यो । काठमाडौंका लागि बसन्त रेग्मीले ३ विकेट लिए । पवन शराफ, सुवोत भाटीले समान २र२ विकेट लिए भने अमृत भट्टराई र सुशन भारीले समान १ र १ विकेट लिए ।

काठमाडौंको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गरेर काठमाडौंका लागि प्रतियोगितामा पहिलो जितको खाता खोल्न सफल बनें । जयकिसन कोल्सवालासँग मल्लले १ सय ३१ रनको साझेदारी गरे । मल्ललाई अन्तिम ओभरको तेस्रो बलमा धनगढीका कमलसिंह ऐरीले सन्दीप जोराको हात क्याचआउट गराएका थिए । बुधबारको दोस्रो खेल विराटनगर टाइटन्स र पोखरा पल्टनबीच हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याम्पियन्स लिग -प्रिक्वार्टरफाईनलको पहिलो लेगमा बायर्न र चेल्सी विजयी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाईनलको पहिलो लेगमा बायर्न म्युनिख र चेल्सी विजयी भएका

‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका मंगलबार भएको दोस्रो खेलमा युथ

नेपाली सेनाको आयोजनामा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ हुने

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल

 युभेन्टस सिरि ए फुटबलको तेस्रो स्थानमा,क्रोटोन ३–० ले पराजित

युभेन्टस ईटालियन सिरि ए फुटबलको तेस्रो स्थानमा पुगेको छ । आफ्नो २२ औ