बाँदरको तस्बिर राखेपछि सिरि ए आलोचित



इटालीको प्रतिष्ठित व्यवसायिक फुटबल लिगमा जातिवादविरद्धको अभियानका लागि बनाइएका पोस्टरमा सिरि एले बाँदरको तस्बिर राखेपछि आलोचित बनेको छ । तर यस लिग खेल्न आउने अश्वेत जातिका खेलाडीमाथि बारम्बार भेदभावपूर्ण तथा जातिवादी टिप्पणी गरिन्छन् ।

सिरि एले जातिवादविरुद्ध हालै एक अभियान संचालन गरेको छ । उनीहरुले सिरि ए लगायत विश्वभरका अश्वेत जातिका खेलाडीमाथि हुने हेपायसी प्रवृत्तिविरुद्ध अभियान संचालन गरे पनि यतिबेला उनीहरु आफैं आलोचित बनेका छन् ।

पोस्टरमा ‘बाँदरको फोटो राखेर जातिवादविरुद्ध एक हौं, जातिवादलाई प्रश्रय नदियौं’ भनिएको छ । यतिबेला विश्वभरबाट सिरि एको यस कार्यको आलोचना भएको छ। सिरि ए खेलिरहेका क्लबले पनि आलोचना गरेका छन् ।

कतिपयले अश्वेत जातिका मानिसलाई सिरि एले बाँदरसँग तुलना गरेको टिप्पणी गरेका छन् । सिरि ए खेल्ने क्लब एएस रोमा ट्वीटरमा लेख्छ,‘सिरि एले जातिवादविरुद्धको अभियानमा बनाएको पोस्टर देखेर हाम्रो क्लब आश्चर्यमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप