अन्तर्राष्ट्रिय खेलाडीको मापदण्ड के? यसो भन्छन् सांसद र मन्त्री



काठमाडौं । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल सुरु भएको छ ।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्रा्ष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ ।

सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए ।

सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताए । सांसद रंगमती शाहीले विधेयकमाथि परेको संशोधनहरु के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरु पछि पनि थप्न सकिने बताइन् ।

सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए ।

केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै ‘सागमा नेपालको तर्फबाट ६ सय भन्दा बढी खेलाडी सहभागी भएकामा सबैलाई अन्तर्राष्टिय खेलाडीको मान्यता दिन नसकिने बताए । बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ । समिति सभापति जयपुरी घर्तीले नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक पुस ४ गतेका लागि बोलाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार

खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि

  ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटमा कर्णालीद्वारा गण्डकी पराजित 

    काठमाडौँ ।  वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार