पीपीएल क्रिकेटमा धनगढीद्वारा विराटनगर पाँच रनले पराजित


पोखरा । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढी ब्लुजले विजय हासिल गरेको छ । धनगढीले विराटनगरलाई पाँच रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन बनाउन सक्यो । विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो ।

विराटनगरका लागि राजु रिजालले सर्वा्धिक २५, सुनिल धमलाले १८, नोमन खानले ११, पुनित मेहेराले १५ तथा कप्तान प्रदिप सिंह ऐरीले १० रन बनाए । धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ तथा सागर ढकालले २ विकेट लिए । त्यस्तै कमल सिंह, अमित यादव, अनिल खरेलले समान एकरएक विकेट लिए ।

यसअघि धनगढीका लागि कमल सिंह ऐरीले २६, मन्था विजारत्ने २५, रोड्रिगो थोमसले १६, सोरभ खनालले १२ तथा मन्जित श्रेष्ठले ११ रन बनाएका थिए ।