मैत्रीपूर्ण खेलमा मनाङ मस्र्याङ्दी जापानको फुटबल टीमसँग पराजित



काठमाडौं । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम मैदानमा मनाङले पाहुना टोली जेएफएललाई ३–० को नतिजा सुम्पिएको हो ।

भ्रमणकारी टोली जापानको टोलीलाई जिताउन जिन सिओयाले दुई तथा मासाहिको सुगिताले एक गोल गरे । यस अघि पहिलो खेलमा नेपाल निलोमाथि ४–० को जित निकाल्दै मनोबल बटुलेको जापानी भ्रमण टोलीका लागि सिओयाले २८औं मिनेटमा गोल गर्दै अग्रता बुनेका थिए ।

३४ औं मिनेटमा सिओयाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पछि परेसँगै खेलमा फर्किन संघर्ष गरेको मनाङले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि सफल हुन सकेन ।

दोस्रो हाफको अन्तिमतिर आक्रामक देखिएको मनाङ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जापानी टोलीले अग्रतालाई झन फराकिलो पारेको थियो ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा जापानका लागि सुगिताले गोल थप्दै जित सुनिश्चित गरेका थिए । यस अघि मनाङको कप्तान सम्हाल्दै आएका विराज महर्जन सहित केही खेलाडी अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध भएपछि कमल श्रेष्ठले मनाङको कप्तानी सम्हालेका थिए ।

शनिबारबाट सुरु भएको नयाँ सिजनको लिगमा मनाङले सोमबार विभागीय टोली एपिएफसँग खेल्दै लिगको सुरुआत गर्दै छ । मैत्रीपूर्ण खेलमा मनाङले भर्खरै मात्र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उत्रारेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियो ओलम्पिक रंगशालामा १० हजार दर्शकलाई प्रवेश गर्न दिइने

टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन

कोपा अमेरिका फुटबलमा पेरुको जित

कोपा अमेरिका २०२१ मा पेरूले पहिलो जित हात पारेको छ। सोमबार विहान सकिएको

जर्मनीद्वारा पोर्चुगल ४–२ ले पराजित

युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको

एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने

काठमाडौं । एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी