ए डिभिजन लिगमा मच्छिन्द्रद्वारा ब्रिगेड ब्वाइज २–० ले पराजित



काठमाडौं । मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको हो । राष्ट्रिय टिमका पूर्वकप्तान रहिसकेका विराज महर्जनसहितको स्टार खेलाडीले भरिएको मच्छिन्द्र क्लबले अर्का पूर्वकप्तान अनिल गुरुङको ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ ।

अखिल नेपाल फुटबल संघले उद्घाटन खेल दशरथ रंगशालामा खेलाउने भने पनि शुक्रबार परेको पानीले मैदान हिलो भएपछि खेल एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो । खेलमा मच्छिन्द्रका लागि ३० औं मिनेटमा योगेश गुरुङ गोल गरेका थिए ।

यस्तै मच्छिन्द्रका दीपक राईले ५० औं मिनेटमा गोल गर्दाै टिमलाई २–० को अग्रतामा पु¥याएका थिए । मच्छिन्द्रले खेल पहिलो हाफबाटै आक्रमक खेलेको थियो । १९ औं मिनेटमा रन्जित धिमालले फ्रि–किकमार्फत प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको थियो । दोस्रो हाफमा पनि अभिषेक रिजालको हेडिङमार्फत प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

पटक–पटक अवसर बनाए पनि ब्रिगेड ब्वाइज भने गोल गर्न चुकेको थियो । ७६ औं मिनेटमा ब्रिगेड ब्वाइजले खाली पोस्टको अवसरसमेत सदुपयोग गर्न सकेन । दुई गोल गरेपछि रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा ब्रिगेडलाई रोक्न निकै मेहनत गर्नुपरेको थियो ।

यसैबीच, एन्फाले आइतबारको लागि तय गरेको दुवै खेल स्थगित गरेको छ । आइतबार संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच खेल हुने तालिका थियो ।

आइतबार ‘ए’ डिभिजन लिगको साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले जापानी फुटबल लिग यू–२२ टिमसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएकाले दुवै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर र पोखराले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा

प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने

स्पेनिस क्लब बार्सिलोनाद्वारा पोर्टो पराजित

काठमाडौं । तीन वर्षपछि बार्सिलोनाले च्याम्पियिन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ

१९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाडौं । एसीसी-१९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।