खेलाडीमाथिको कारबाहीप्रति सहमत हुन सकिदैनः गणेश थापा



गणेश थापा
चारजना नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीमाथि भएको कारवाहीको सन्दर्भमा
१. अनुशासन समितिको निर्णय पूर्णरूपमा बाहिर आउनु पर्यो । खेलाडीहरुले के गल्ती गरेका हुन् त्यसबारेमा आमखेलप्रेमीहरुले जानकारी पाउनु पर्दछ । त्यसबेलामा एन्फाका केही जिम्मेवार पदाधिकारीहरुले अन्य गम्भीर विषय पनि हुन सक्दछ भनेर प्रतिक्रिया दिएका थिए । त्यसकारण एन्फाले यस विशेषमा अनिवार्यरुपमा जानकारी गराउनै पर्दछ ।

. यदि अन्य गम्भीर विषयमा खेलाडीहरुबाट गल्ती भएको छैन भने जुन कारवाही भएको छ मेरो विचारमा खेलाडीहरु प्रति अन्याय भएको मैले महसुस गरेको छु । त्यसकारण यो निर्णय तुरुन्त सच्याउनुपर्ने हुन्छ । खेलाडीहरुले गल्ती गरेको खण्डमा कारबाही हुनुपर्दछ भन्नेमा कसैको पनि असहमति हुँदैन तर कारबाहीको नाममा खेलाडीहरुलाई जुन कारवाही भएको छ यसमा सहमत हुन सकिँदैन । अन्तमा जुन खेलाडीहरुले नेपालको निमित्त ठूलो योगदान पुर्याएका खेलाडीको योगदानको कुनै कदर नभएको पनि मैले महसुस गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

१९ औँ एसियाली खेलकुदमा आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको

एसियाली खेलकुदमा जुडो र रग्बीमा नेपालको यात्रा समाप्त

हाङझाउ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा

टी-२० विश्वकप छनोटका लागि त्रिदेशीय सिरिज आयोजना गर्ने क्रिकेट संघको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिदेशीय टी–२० सिरिज