एन्फाद्वारा डान्स बारमा जाने चार फुटबल खेलाडीमाथि प्रतिबन्ध



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो ।

उनीहरुलाई जनही ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो ।

एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ ।

चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।