एन्फाद्वारा डान्स बारमा जाने चार फुटबल खेलाडीमाथि प्रतिबन्ध



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो ।

उनीहरुलाई जनही ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो ।

एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ ।

चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धिर बुढालाई जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।  जुम्ला रारा अल्ट्रा म्याराथन  प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् ।

इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन बराबरी गरेको छ ।

सेनाका सञ्जयलाई लेखनाथ हाफ म्याराथनको उपाधि

कास्की । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास

विदेशिए भलिबलका चम्किला रवि

गण्डकी ।  नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए