नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितन सफल



काठमाडौं । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । मंगलबार पहिलो हाफमा भुटानसँग १(१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो । नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो । पहिलो हाफमा बराबरीमा अड्किएको नेपालले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् ।  भइरहेको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो ।

नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो । ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो । नेपाल साग फुटबलको साबिक विजेता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।