नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितन सफल
काठमाडौं । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । मंगलबार पहिलो हाफमा भुटानसँग १(१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो । नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो । पहिलो हाफमा बराबरीमा अड्किएको नेपालले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् । भइरहेको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो ।
नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो । ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो । नेपाल साग फुटबलको साबिक विजेता हो ।