रंगशालाभित्रै प्रहरी दमन



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ ।

रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

पत्रकार चापागाईंलाई डीएसपी सन्तोषसिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो । उनको कानबाट समेत रगत आएपछि उपचारका लागि अस्पताल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तुर्कमिनेस्तानलाई पराजित गर्दै नेपाल काभा यु-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन

मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले