१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण : गौरिका सिंह



काठमाडौं । सातदोबाटोस्थित गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जितेकी छिन् ।
सोमबार इन्डोर स्विमिङ पुलमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धा्रित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई ०.०२ सेकेन्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सिवांगी शर्माले ५८.१५ सेकेन्डमा निर्धा्रित दूरी पूरा गर्दै रजत जितिन् । एनी जैनले ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य हात पारिन् ।

जारि १३ औं सागमा गौरिकाको चौथो स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै पूर्वराजाले भने -नेपाली खेलाडीको प्रदर्शनबाट गौरव बढाएको छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको हाङझाउमा भएको १९ औं खेलकुदमा नेपाली क्रिकेट

क्रिकेटर भीम सार्कीका पिताको अनुभवः कहिलेकाहीँ टेलिभिजनमा उसको खेल हेर्दा सपना जस्तै लाग्छ

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन

एशियाली खेलकुदमा एक सय पाँच स्वर्णसहित चीनको अग्रता, जापान दोस्रो स्थानमा

  हाङझाउ । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम

एसियाली खेलकुदः पब्जीमा नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस