महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काद्वारा राजीनामाको घोषणा
काठमाडौँ । नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा दुई शून्य गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।
उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन् । यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग एक शून्य गोलले हारेको थियो ।
खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएका थिए । जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो।