सागमा गौरिकालाई तेस्रो स्वर्ण



काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पूरा गरिन् । ४ मिनेट २६.२२ मिनेटमा निर्धारित दुरी पार गरेकी भारतकी सिभांगी शर्माले रजत र ४ मिनेट ४१.९१ मा दुरी पार गरेकी श्रीलंकाकी रमुदी नुरालाले काश्य जितेकी छन् । यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

उनले २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् भने महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले काश्य जितेको छ ।

त्यसैगरी सागमा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंका र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा