जापानी नागरिकहरुको संस्थाको अध्यक्षमा ईश्वर थापा चयन



काठमाडौं । नेपालको वेसबल खेल विकास गर्न २० बर्ष देखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् । जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो ।

यसअघि क्लबका उपाध्यक्ष रहेका थापा जापानको व्यवसायीक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स’ बाट खेल्ने पहिलो नेपाली समेत हुन् । यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ ।

नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरिरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल हुन् । थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन् भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन् ।

क्लबको सल्लाकारमा २० बर्षदेखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् । २१ बर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए ।

हाल संस्थाले जापानमा बसी नेपाललाई खेल सामग्रीहरु उपलब्ध गराउँदै आएको छ भने संस्कृति आदान प्रदान कार्यक्रम अन्तर्गत नेपालका खेलाडीलाई जापानमा तालीम उपलब्ध गराउन सहयोग गर्दै आएको छ ।

वेसबलको खेल सामग्री निकै महंगो पर्ने गर्छ भने खेल सामग्री नेपाली बजारमा उपलब्ध छैनन् । यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘१६औँ राष्ट्रव्यापी

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा

काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले

नेपाललाई मलेसियाविरुद्धको टी–२० सिरिज

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको

एफए कपको उपाधि सिटीलाई

म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा सहरी