फोटोमा हेर्नुस् म्याराथनका धावकहरु



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड शनिबार विहान भएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो । दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी थिए। पुरुष र महिला दुवैमा नेपालबाट २÷२ जना सहभागी थिए। ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

भारतका रस्पाल सिहंले २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितेका छन् । भारतकै श्री सिंहले कास्य जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ०६ सेकेन्डमा पूरा गरे ।

योसँगै नेपालले जारी सागमा स्वर्ण संख्या ४२ पुर्याएको छ । यसपटक पनि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको रेकर्ड तोडिएन ।

साग इतिहासमा म्याराथनको रेकर्ड नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

म्याग्दी । म्याग्दीको बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको

एमबाप्पे फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा नियुक्त

काठमाडौं। किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् । यसअघिका

तिलोत्तमा गोल्डकपमा पुलिसलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा

बुटवल । चारपटकको उपाधि विजेता नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान

नवलपरासी । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन