पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक



काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार विहान भएको खेलमा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेका हुन् ।  एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो ।

यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरे । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई तिलोत्तमा नगरपालिकाद्वारा सम्मान

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान गरेको

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

गण्डकी । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार

थ्री नेसन्स कपमा लाओस विजयी

काठमाडौं । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत शनिबार भएको खेलमा

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई

इटहरी । १३ औं संस्करणको कन्टोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले