सावित्राको माल्दिभ्सविरुद्ध ह्याट्रिक



१३ औं साग अन्तर्गत महिला फुटबलमा नेपाली टोली फाइनलमा प्रवेश गरेको छ । बिहिवार माल्दिभ्सविरुद्धको खेलमा ३–० को जित निकालेसँगै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीले माल्दिभ्सविरुद्ध ह्याट्रिक पुरा गरिन् । माल्दिभ्सविरुद्धको खेलमा सावित्राले १८ औं मिनेटमा सुरुवाती गोल गर्दा खेलको २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

भण्डारील इन्जुरी समयमा पेनाल्टीमा गोलगर्दै ह्याट्रिक पुरा गरेकी हुन् । यस खेलको पहिलो गोल गर्दा नै सावित्रा नेपालकी सर्वा्धिक गोलकर्ता बन्न सफल भएकी थिइन् ।यसअघि उनका नाममा ३५ गोल थियो । जुन पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानको बराबरी थियो । ह्याट्रिक गरेसँगै सावित्रको अन्तर्रा्ष्ट्रिय गोलसंख्या गोल संख्या ३८ पुगेको छ ।

यसअघि नेपालले सुरुवाती खेलामा भुटानलाई १–० ले हराएको थियो। यससँगै नेपालले भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यसअघि भारत पनि एक खेल अगावै फाइनलमा प्रवेश गरेको थियो । एक खेल बाँकी रहँदा अंकका आधारमा श्रीलंका र माल्दिभ्सले नेपाल र भारतलाई नभेट्ने भएपछि दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । फाइनल अघि राउण्ड रोविन चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा मछिन्द्रले सातदोबाटोलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा

ए डिभिजन लिगमा जाउलाखेलसँग आर्मी पराजित

  काठमाडौं  । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा

नेपालद्वारा मलेसिया पराजित

  काठमाडौं । मलेसियामा जारी टि–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले

त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय रङ्गशालाका रुपमा विकास गरिने

काठमाडौं । सरकारले कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रुपमा विकास गर्ने