साइक्लिङको डाउनहिलमा नेपाललाई दुई स्वर्ण र दुई रजत



काठमाडौं । साइक्लिङको डाउनहिलमा नेपालले दुई स्वर्ण र दुई रजत जितेको छ । जसमा पुरुषमा दुई र महिलामा दुई पदक हात परेको छ । गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुष तर्फ शिर्ष तीन स्थान हात पार्यो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । दोस्रो स्थानमा निरभ श्रेष्ठ रहे भने तेस्रो स्थान प्रचित थापामगरले हात पारे ।

एक किलोमिटर दुरीको रेसमा स्वर्ण जितेका राजेशले एक मिनेट ४९ दशमलव तीन तीन सेकेण्डमा दुरी पूरा गरे । दोस्रो बनेका निरभले एक मिनेट ५० दशमलव शून्य आठ शुन्य सेकेण्डमा दुरी पार गरे । काश्य जितेका प्रचितले एक मिनेट ५१ दशमलव ६६ सेकेण्डमा पुरी पूरा गरे ।

महिलामा निश्मा श्रेष्ठले दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा दुरी पूरा गरिन् । दोस्रो स्थानमा रहेकी जमुना थापाले २ मिनेट ४१ दशमलव चार पाँच सेकेण्डमा दुरी पार गरिन् । तेस्रो स्थानमा भारतीय खेलाडी रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका

भियतनामसँग नेपाल पराजित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

  बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा गण्डकी प्रदेशका