१३औँ सागः नेपालको स्वर्ण पदकको संख्या २५ पुग्यो
तेह्रौँ दक्षिण दशियाली खेलकुदको तेस्रो दिन बुधवार नेपाली खेलाडीले थप स्वर्ण पदक जितेका छन्। दोस्रो दिनसम्म नेपालले २३ स्वर्णसहित कुल ४४ वटा पदक जितेको थियो।
दीपक हमालले उसुमा र अनुपमा मगरले करातेमा एक-एकवटा स्वर्ण पदक जितेकपछि नेपालले अहिले सम्म पाएको स्वर्ण पदकको सङ्ख्या २५ पुगेको छ।
अहिलेसम्म नेपाल पदकतालिकाको शीर्ष स्थानमा छ। हमालले उसुको पुरुष नान क्वानमा भारतका साजन लामालाई पराजित गरेका थिए। पाकिस्तानका मोहम्मद दाउदले काश्य पदक जिते।
मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।