विश्व क्रिकेटमै अञ्जलीको चर्चा



काठमाडौं । नेपालमा तेह्रौ दक्षिण एसियाली खेलकुद साग अन्तगर्त महिला क्रिकेटमा नेपाली खेलाडीले बनाएको कीर्तिमानले विश्व क्रिकेटको ध्यान भने नेपालको पोखरामा तानेको छ । ‘रन नै खर्च नगरिकन अन्तर्रा्ष्ट्रिय खेलमा छ विकेट लिइएको हो ।त्यसैले खेलाडी प्रशंसक मात्रै नभई विश्वका नाम चलेका चर्चित मीडियाको ध्यान पनि नेपालकी यी खेलाडीमाथि केन्द्रित गरेको हो ।
सोमबार दक्षिण एसियाली खेलकुद साग अन्तगर्त महिला टी ट्वान्टी खेलमा नेपालले माल्दिभ्सको सामना गर्यो । दुई ओभर एक बल बलिङ्ग गर्नुभएको अञ्जली चन्दले माल्दिभ्सको छ जना ब्याट्सविमनलाई पेभेलियन फर्काए । १३ बल फाल्दा माल्दिभ्सले एक रन लिन पाएनन । र अञ्जलीको चर्चा दक्षिण एसियाली खेलकुदमा मात्रै नभई विश्व क्रिकेटमै सुरु भयो । र नयाँ कीर्तिमानको रुपमा दत्र्ता भयो । बीबीसीको अंग्रेजी संस्करणदेखि विश्वका चर्चित मीडियाले चन्दको कीर्तिमानलाई समाचार बनाएका छन् ।
आईसीसीले टी ट्वान्टी विश्वकपका लागि सञ्चालन गरेको ‘टी ट्वान्टी वल्र्ड कप’ ट्वीटर एकाउन्टमा लेखेको छ, “नेपालकी अञ्जली चन्दले आफ्नो पहिलो टी ट्वान्टी खेलमा टी ट्वान्टी अन्तर्रा्ष्ट्रिय खेलमा माल्दिभ्स विरुद्ध कीर्तिमान बनाउनुभएको छ ।” उसको करीब एक लाख फ्लोअर छ ।
त्यसैगरी, भारतको चर्चित टाईम्स अफ इन्डियाको अनलाइन संस्करणले पनि चन्दको उक्त कीर्तिमानलाई महत्वका साथ समाचार बनाएको छ । उसले आफ्नो समाचारमा लेखेको छ, ‘रन नै खर्च नगरिकन अन्तर्रा्ष्ट्रिय खेलमा छ विकेट लिइएको यो पहिलो अवसर हो ।’
अञ्जलीले पहिलो ओभरमा तीन विकेट लिनुभयो । दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिनुभएको उहाँले तेस्रो ओभरको पहिलो बलमै थप एक विकेट लिएर हयाट्रिक विकेट समेत पुरा गर्नुभयो ।
३१ भदौ, २०५१ मा जन्मिनुभएकि अञ्जली चन्दको यो पहिलो अन्तर्रा्ष्ट्रिय टी ट्वान्टी खेल भनिएपनि उहाँले यसअघि बङ्गलादेश विरुद्ध एक खेलमा सहभागी भइसक्नुभएको छ । बङ्गलादेश विरुद्ध उहाँले २०१४ मा पहिलो टी ट्वान्टी खेल्नुभएको थियो । घरेलु लिगमा उहाँले पोखरा पल्टनको प्रतिनिधित्व गरी चार म्याचमा खेल्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन