१३औँ सागमा मण्डेकाजी श्रेष्ठले दिलाए पहिलो स्वर्ण



नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा करातेबाट पहिलो स्वर्ण पदक जितेको छ। पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लालाई पराजित गरेका हुन्।

श्रेष्ठ २६.७२ अङ्क प्राप्त गरेका छन् भने नियमातुल्लाले २४.९२ अङ्क प्राप्त गरेका थिए। तीन पटक राष्ट्रिय च्याम्पियन रहेका श्रेष्ठ नेपाल प्रहरीबाट खेल्ने गर्छन्।

नेपालका लागि महिला एकल कातामा चञ्चला दनुवारले पहिलो स्वर्ण जित्ने अपेक्षा गरिएको थियो। तर उनी पाकिस्तानकी साइदाभन्दा कमजोर साबित भइन र रजत मै चित्त बुझाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

  झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा

नेपालले भूटानलाई हरायो

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ

हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० आई

अनिशलाई प्रधानसेनापति म्याराथनको उपाधि

  काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित