साग खेलकुदको आज भव्य रुपमा उद्घाटन गरिँदै



काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदको उद्घाटन आज हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रम साँझ तीन घण्टा १४ मिनेटको हुने बताइएको छ । दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ । त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ ।

उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ । साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो।

सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो । नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा 

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।