मार्चपासमा नेपालको झन्डा बोक्न पारसलाई सिफारिस



काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोहमा नेपालको झण्डा पूर्व कप्तान पारस खड्काले बोक्ने भएको छ । मंसिर १५ गते हुने उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सागको प्राविधिक उपसमितिले समारोह उपसमितिलाई सिफारिस गरेको हो ।

उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ । सो मार्चपासमा नेपालको राष्ट्रिय झन्डा बोक्न पारसलाई सिफारिस गरिएको हो । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुनेछ । उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालामा विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा भाग लिन पाकिस्तान, माल्दिभ्स,भारत,बङ्गलादेश, भुटान, श्रीलंकाका पाँच हजारको सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम सुरू छ । सागलाई सफल वनाउन कम्तिमा २० हजार सुरक्षाकर्मी खट्ने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।