पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित



काठमाडौं । नेपाली पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पहिलो खेलमा पराजित भएको छ ।

बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल बगलादेशसँग ३-२ सेटमा पराजित भएको हो ।

पहिलो सेट २५-२१ ले जितेको नेपाल दोस्रो सेटमा भने कमजोर बनेको थियो । नेपाल दोस्रो सेटमा २३-२५ ले पराजित भएको थियो ।

तेस्रो सेटमा नेपालले २५-१९ को जित निकालेको हो । चौथो सेटमा पनि नेपाल कमजोर बन्यो । नेपालले चौथो सेट २४-२६ मा घुमाएको थियो ।

अन्तिम सेटमा पनि नेपाल १५-१५ ले पराजित हुन पुग्यो । यो हारसँगै नेपालको अघिल्लो चरणको सम्भावना कमजोर बनेको छ । नेपालले अब बिहीबार भारतसगँ खेल्ने छ ।

यसअघि आजै भएको महिला भलिबलमा भने नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका

भियतनामसँग नेपाल पराजित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

  बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा गण्डकी प्रदेशका